३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

बाहिरिइन् मेगा बैंककी सिइओ रविना देशराज ?



१० पौष, काठमाण्डौँ । मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले बैंकबाट बाहिरिएकी छिन् । सामाजिक सञ्जालमा एक पोष्ट शेयर गर्दै आफु मेगा बैंकबाट विदा भएको जानकारी गराएकी छन् । मेगा बैंक संचालक समिति उनलाई कायममुकायम सिइओको जिम्मेवारी समेत प्रदान गरेको थियो ।

श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत थिइन् । विदाईको दौरानमा उनले आफुलाई सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद पनि व्यक्त गरेकी छन् । यसअघि उनले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छन्।

३१ वर्षदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजनेश र ग्रामीण बैंकिङ्गमा विशेष दख्खल राख्ने बैंकर हुन् । भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर शुरु गरेकी श्रेष्ठ त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरेकी थिइन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ७ : १० बजे