२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

कपिलवस्तुमा एक जना पुरुषको शव फेला



१० पौष, कपिलवस्तु । कपिलवस्तुको रामघाट पुल नजिकै एक जना पुरुषको शव फेला परेको छ। आइतबार बिहान पुलको २० मिटर पश्चिम नदी किनारमा कपिलवस्तु नगरपालिका वडा नम्बर १ खानेपानी टोलका २९ वर्षीय गोरखनाथ बर्माको शव फेला परेको हो।

वडा प्रहरी कार्यालय तौलिहवा अनुसार बर्मा पारिवारिक मनमुटाबका कारण गत पुस ६ गते देखि सम्पर्क विहीन बनेका थिए। बहुविवाह मुद्दामा जेल सजाय काटेर आएका उनी पारिवारिक कलहका कारण तनावमा थिए ।

बर्माले रामघाट पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका थिए। बर्माले प्रयोग गर्ने मोबाइल र पुलमा जुत्ताको निशान समेत भेटिएको प्रहरीले जनाएको छ। बर्माको शवलाई पोस्टमर्टमका लागि कपिलवस्तु अस्पताल लगिएको छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ७ : ०२ बजे