२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

राजेश हमालले दुबईमा गरे ई–सेवाको ‘मेरो डिजिटल देश’ प्रवर्द्धन



हाम्रो रोजगारी, काठमाण्डौँ । नेपाली सिने जगतका महानायक राजेश हमालले दुबईको दुई दिने भ्रमण पूरा गरेका छन्।

हमाल युएईस्थित अन्तराष्ट्रिय मनी ट्रान्सफर कम्पनी–लुलु एक्सचेन्ज र ई–सेवा मनी ट्रान्सफरको निम्तोमा त्यहाँ पुगेका हुन्।

उनले दुबईमा मेरो डिजिटल देशु प्रवर्द्धन गरेका छन्।

विदेशबाट डिजिटल र वैधानिक माध्यमबाट ई–सेवा मनी ट्रान्सफरमार्फत नेपालमा पाउने व्यक्तिको बैंक खाता वा ई–सेवा वालेटमा पैसा भित्र्याउँदै देशको अर्थतन्त्र सुदृधिकरणमा मद्दत पुर्‍याउने र डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउँदा हुने सहजताको प्रचार प्रसार गर्दै रेमिट्यान्स पठाउँने र पाउने शैलीलाई पूणर्त डिजिटाइज गर्न मद्दत र्पुयाउने नै यस अभियानको मुख्य उद्देश्य रहेको हो।

भ्रमणका क्रममा उनीले धेरै क्याम्पमा सहभागी भए। उनले लुलु एक्सचेन्जका आउटलेट ब्रान्चहरु बुर दुबाई, जेबेल अलि शपर्स मल, मदिनात जायेद र शाबिया मलमा भ्रमण गरेका छन्।

सो क्रममा युएइका लागि नेपाली राजदूत कृष्ण ढकालसँग पनि हमाल र कम्पनीका प्रतिनिधिहरूले भेटवार्ता गरेका थिए।

ई–सेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरूलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा ई–सेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्टमार्फत् पनि रेमिटेन्स भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ७ : २९ बजे